स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउँछुः प्रधानमन्त्री दाहाल
काठमाडौं, ५ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य सेवालाई नागरिकको पहुँच स्थापित हुनेगरी अगाडि बढाउने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुनेगरी ऐनहरु तर्जुमा गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको जनाए।‘स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकहरुको पहुँच स्थापित हुनेगरी कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ,’उनले भने।
प्रतिक्रिया दिनुहोस्