नेपाली चलचित्र ‘फूलबारी’को प्रिमियर शोमा कलाकारहरुले के भने ?
काठमाडौं, ५ फागुन। नेपाली चलचित्र ‘फूलबारी’ आजबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। प्रदर्शनअघि बिहीवार काठमाडौंमा एक कार्यक्रम गरी प्रिमियर शो गरिएको थियो। प्रिमियर शोपछि अभिनेता विपिन कार्कीले चलचित्रमा सबै कलाकाकरले आफ्नो तर्फबाट बेस्ट दिएकाले चलचित्र उत्कृष्ट बनेको बताए। अभिनेता दयाहाङ राईले व्यवहारिक शिक्षा पढाउनुपर्ने सन्देश चलचित्रले दिएको जनाए।अभिनेत्री प्रियंका कार्कीले चलचित्रमा परिवारका कोही सदस्य टाढा हुँदाको पीडा देखाइएको बताइन्।
प्रतिक्रिया दिनुहोस्