शिक्षामा देखिएको राजनीतिकरण कम गर्न गगन थापाको प्रस्ताव– प्रदेशमा ‘शिक्षा लोकपाल’को व्यवस्था गरौं
काठमाडौं, ५ फागुन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘संघीय शिक्षा ऐन’ तत्काल संसदमा पेश गर्न सरकारलाई अनुरोध गरेका छन्।चालू संसद अधिवेशनबाट ऐनलाई पारित गर्ने आफ्नो चाहना भएको उनले बताए। शिक्षा पत्रकार समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कक्षा११ र १२ को शिक्षामा अति राजनीतिकरण भएकाले अनुगमन गर्न प्रदेशमा ‘शिक्षा लोकपाल’को व्यवस्था हुनेगरी कानूनी व्यवस्था गर्न उपयुक्त हुने बताए।
प्रतिक्रिया दिनुहोस्