एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल पुगे बालकोट काठमाडौं, ५ माघ। प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित उनको निवासमा पुगेका छन्। अहिले दुई नेताबीच छलफल चलिरहेको छ। यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवार तय गर्ने विषयमा छलफल भइरहेको बुझिएको छ। बिहीबार पनि दाहाल र ओलीले दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्