सरकारले फिर्ता लियो संवैधानिक परिषद् सम्बन्धी विधेयक
काठमाडौं, ५ फागुन। सरकारले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक,२०७९ फिर्ता लिएको छ। फागुन ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। शुक्रवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले उक्त विधेयकलाई फागुन १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेस गर्नेगरी फिर्ता लिएको बताइन्।
प्रतिक्रिया दिनुहोस्