सरुवा गरेको ठाउँमा कर्मचारी नगएपछि मन्त्री मोदीले भने– सरुवाको निश्चित मापदण्ड बनाउँछौं मोरङ, ५ फागुन। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउने बताएका छन्। मोरङको तेतरीयास्थित ग्रामथान गाउँपालिकाको बाह्रौ गाउँसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्। ‘कर्मचारीभित्र सरुवा गरेको ठाउँमा नजाने, कतिपय ठाउँमा सधैँभरी बसिरहने र सुगम ठाउँमा मात्रै सरुवा मागेर जाने प्रचलन रहेछ। कर्मचारी सरुवाको हामी निश्चित मापदण्ड बनाउन छलफल गर्दैछौं,’ मन्त्री मोदीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्