परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्री फागुन दोस्रो साता स्वीट्जरल्याण्ड जाने
काठमाडौं, ५ फागुन। परराष्ट्रमन्त्री बिमला राई पौड्याल र स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी फागुन दोस्रो साता स्वीट्जरल्याण्ड जाने भएका छन्। परराष्ट्रमन्त्री फागुन १५–१८गतेसम्म जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकाकर परिषद्को ५२औं सत्रमा सत्रमा सहभागी हुन जान लागेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। स्वास्थ्यमन्त्री फागुन ११–१२सम्म हुने एक स्वास्थ्य सम्बन्धी समिटमा सहभागी हुन त्यसतर्फ जान लागेको उनले जनाइन्।
प्रतिक्रिया दिनुहोस्