दिपेन्द्र सिंह ऐरी र कुशल मल्ल चम्किदा स्कटल्याण्डमाथि नेपालले तीन विकेटको जित निकाल्यो काठमाडौं, ५ फागुन। आईसीसी विश्वकप क्रिकेट लिग–टु को त्रिदेशीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डमाथि तीन विकेटको जित निकालेको छ। निर्धारित ५० ओभरको खेलमा स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य नेपालले ४७ओभरमा पुरा गरेको हो। नेपालको लागि सबैभन्दा बढी दिपेन्द्र सिंह ऐरीले ८५ र कुशल मल्लले ८१ रन जोडेका थिए। पहिलो ब्याटिङ गरेको स्कटल्याण्डले २७४रनको योगफल तयार पारेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्