बैंकहरुविरुद्ध उद्योगी, व्यवसायीहरुको विरोध प्रदर्शन, बैंकको ज्यादती बन्द गर्न माग काठमाडौं, ५ फागुन। नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुविरुद्ध प्रदर्शन गरेको छ। शुक्रवार उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध संयुक्त प्रदर्शन गरेका हुन्। व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर विरुद्ध आन्दोलन गर्न बाध्य भएको बताए। विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैंकको आतंकलाई बन्द गर्न आवाज उठाइएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्