राष्ट्रपतिका लागि प्रधानमन्त्री र ओलीबीचमा सहमति हुने अवस्था देखिएको छः माओवादी सचिव आचार्य
काठमाडौं, ५ फागुन। नेकपा(माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यले राष्ट्रपति उम्मेदवारको विषयमा व्यक्ति किटेरै छलफल गर्नुपर्ने बताएका छन्। राष्ट्रपतिको पद राजनीतिक दललाई ठेक्कापट्टा दिने विषय नभएको बताउँदै उनले मुख्यमन्त्री र मन्त्रीहरु दलमा भागबन्डा गरेर ‘जसलाई ल्याउनुहुन्छ ल्याउनुस्’ भनेको जस्तो राष्ट्रपतिको सन्दर्भमा गर्न नहुने जनाए।राष्ट्रपतिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति हुने अवस्था देखिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्