प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्र शाहको आव्हान– देश जोगाउन राजनीतिक दलहरु र राजसंस्था सहकार्य गर्न विलम्ब गर्नु हुँदैन काठमाडौं, फागुन ७। पूर्वराजा ज्ञानेन्द्र शाहले देश जोगाउन अब राजीतिक दलहरु र राजसंस्थाबीच सहकार्य गर्न विलम्ब गर्न नहुने बताएका छन्। आज प्रजातन्त्र दिवसको अवसरमा उनले विज्ञप्ति जारी गर्दै कूशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको जनाएका छन्। ‘प्रविधिको विकास र अन्र्तराष्ट्रिय सन्निकटाले समाजका आधुनिक अपेक्षाहरु सम्बोधन गर्ने विधि निषेध होइन,सहकार्यको राजनीतिमा अन्तरनिहित छ,’पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्