प्रजातन्त्र दिवसमा पनि प्रधानमन्त्रीले दोहोर्याए राष्ट्रिय सहमतिको अलाप, भने– जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध
काठमाडौं, ७ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय,सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन्।प्रजातन्त्र दिवसको अवसरमा उनले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रजातन्त्र दिवसले राष्ट्रिय सहमतिमार्फत् देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस्।समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार रहेको उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्