प्रजातन्त्र दिवसमा राष्ट्रपतिको सन्देश– लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सके प्रजातन्त्रत्र दिवस सार्थक काठमाडौं, ७ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने बताएकी छन्। प्रजातन्त्र दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै उनले आजको संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको जनाएकी छन्। सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्ने उनको धारणा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्