राष्ट्रपतिले माफि दिएपछि कारागारबाट छुटे सांसद चौधरी काठमाडौं, ०७ फागुन। कैलाली कारागारमा रहेका सांसद अरुण चौधरी आइतबार रिहा भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनको सजाय माफी दिएपछि कारगारबाट रिहा भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा सरकारको सिफारिसमा चौधरीसहित ३९५ जना कैदीको सजाय एकसाथ माफी गरिदिएकी थिइन्। चौधरीलाई २०६६ साल भदौ ३ गते ट्रयाक्टर जलाएको मुद्दामा ६ महिना कैदको सजाय सुनाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्