उत्तर कोरियाले गर्यो अन्तर–महादेशीय ब्यालेस्टिक मिसाइलको परीक्षण
प्योङयाङ, ७ फागुन। उत्तर कोरियाले शनिबार एक अन्तर–महादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम)को परीक्षण गरेको छ। कोरियाको सरकारी मिडियाका अनुसार मिसाइल ६७ मिनेटमा ९ सय किलोमिटरभन्दा बढी दूरी पार गरी जापान सागरमा खसेको थियो। मिसाइलको सफल परीक्षणसँगै अमेरिका र दक्षिण कोरियाजस्ता दुश्मनको सामना गर्न समक्ष बनेको उत्तर कोरियाले जनाएको छ। दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासअघि उक्त परीक्षण गरिएको हो।
प्रतिक्रिया दिनुहोस्