राष्ट्रिय स्वतन्त्र पार्टीप्रति माधवकुमार नेपालको टिप्पणी– नयाँ आए तर घाँडो भए
काठमाडौं, ७ फागुन। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) देशको लागि घाँडो भएको टिप्पणी गरेका छन्। आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रममा उनले भने,‘नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले। पहिले त केके न गर्ला भन्ने लागेको थियो। नयाँ आए तर घाँडो भए।’ रास्वपाको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको दाबी उनले गरे।
प्रतिक्रिया दिनुहोस्