सरकारले संघीयताको मर्मअनुरुप आमसञ्चार सम्बन्धि कानून परिमार्जन गर्ने काठमाडौं, ७ फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरुप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताएकी छन्। आइतबार राष्ट्रिय समाचार समितिको ६२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले सरकारले सञ्चारसँग सम्बन्धित ऐन, कानूनहरुलाई संशोधन, परिमार्जन र आवश्यक नयाँ कानून बनाएर समसामयीक सुधार गर्ने बताएकी हुन्। सञ्चार माध्यमबाट हुने गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको उनले जनाइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्