राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मतभार २०६८ को जनगणनाको आधारमा
काठमाडौं, ८ फागुन। प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताएका छन्। सोमवार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि उनले हालैको जनगणनाको आधिकारीक नतिजा आयोगलाई प्राप्त नभएकाले २०६८ को जनगणनालाई आधार मान्नुपरेको जनाए। फागुन २५गते हुने निर्वाचनका लागि दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्