सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन तीन महासंघको माग काठमाडौं, ८ फागुन। नेपाल सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन माग गरेको छ। सोमवार नेपाल सुनचाँदी व्यवसायी महासंघ,नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी कोटा सिस्टम हटाउन सरकारको ध्यानाकर्षण गराएको हो। सम्मेलनमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले कोटा सिस्टम हटाउन सरकारसँग माग गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्