राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने निर्देशिका ल्याउँदै
काठमाडौं, ८ फागुन। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बौल्दै उनले पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको जनाए। अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्