प्रधानमन्त्री दाहाल र नेकपा एसका अध्यक्ष नेपालबीच सिंहदरबारमा भेटवार्ता
काठमाडौं, ८ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एस (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। भेटवार्ता सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा भइरहेको जनाइएको छ। यही फागुन २५ हुने राष्ट्रपति निर्वाचनका विषयमा दुई नेताबीच छलफल भइरहेको नेपाल निकट स्रोतले बताएको छ। प्रधानमन्त्री दाहालले पछिल्ला दिन राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिका आधारमा गर्ने प्रयास गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्