राजनीतिक गतिविधिमा क्रियाशील भए कर्मचारीमाथि कारबाही गर्ने मन्त्री मोदीको चेतावनी
सुनसरी, ८ फागुन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्मचारीहरु काममा भन्दा बढी राजनीतिक गतिविधिमा क्रियाशील भएको पाइए कारबाही गर्ने चेतावनी दिएका छन्। सुनसरीमा आज सरकारी कार्यालय प्रमुखहरुसँगको छलफलका क्रममा उनले भने,‘राष्ट्रसेवक कर्मचारीहरु यदि कानुनभन्दा बाहिर गएर राजनीतिकरुपमा क्रियाशील हुनुभयो भने हामी कानुनी दायरामा ल्याएर कारबाही गर्छौ।’ अधिकृतस्तरका कर्मचारीलाई पनि पहिला जनताको सेवा रोज्न उनले निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस्