माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुँदै काठमाडौं, ८ फागुन। सत्तारुढ दल नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी कार्यलय पेरिसडाँडामा सुरु भएको छ। आजको पदाधिकारी बैठकमा राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्ने बारेमा छलफल भइरहेको जनाइएको छ। पुस १०मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो।तर पुस २६ मा नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्