नामिबिया चौथो खेलमा पनि पराजित काठमाडौं, ८ फागुन। नेपालमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको चौथो खेलमा पनि नामिबिया पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमवार सम्पन्न खेलमा नामिबिया स्कटल्याण्डसँग ४३ रनले पराजित भएको हो। नामिबियाले स्कटल्याण्डबाट प्राप्त २ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा ३८.४ ओभरमा एक सय ७८ रनमै समेटिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्