आज ग्याल्पो ल्होसार देशभर मनाइँदै
काठमाडौं, ९ फागुन। आज ग्याल्पो ल्होसार शेर्पा समुदायले विभिन्न कार्यक्रहरु आयोजना गरी मनाइरहेका छन्। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन्। नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्