सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिवद्धः प्रधानमन्त्री दाहाल काठमाडौं, ९ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिवद्ध रहेको बताएका छन्। आज ग्याल्पो ल्होसारको अवसरमा उनले एक विज्ञप्ति जारी गर्दै सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको दाबी गरेका छन्। देशभित्रका सबै वर्ग,जाति, क्षेत्र, लिंग र समुदायको अधिकारलाई संरक्षण गरेर मात्र राष्ट्रिय एकता सुदृढ हुने उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्