सन्दीपले चार विकेट लिँदा स्कटल्याण्ड सस्तैमा समेटियो, नेपालले पायो २१३ रनको लक्ष्य
काठमाडौं, ९ फागुन। सन्दीप लामिछानेले महत्वपूर्ण चार विकेट लिँदा आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा स्कटल्याण्ड सस्तैमा समेटिएको छ। निर्धारित ५०ओभरको खेलमा स्कटल्याण्डले ४६.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१२ रनको योगफल तयार पारेको हो। स्कटल्याण्डका एकजना खेलाडीबाहेक अरुले ५०रन पुरा गर्न सकेनन्। खेलामा नेपालको तर्फबाट लामिछानेले ४,करन केसीले ३ र कुशल मल्ल र ललित राजवंशीले एक/एक विकेट लिएका छन्।
प्रतिक्रिया दिनुहोस्