सरकारले संसदलाई बिजनेस नदिँदा हिउँदे अधिवेशन शून्य र विशेष समयमै सिमित काठमाडौं, ९ फागुन। सरकारले संसदलाई बिजनेस नदिँदा हिउँदे अधिवेशन शून्य र विशेष समयमा नै सकिने भएको छ।बिजनेस नहुँदा संसदले राम्रोसँग काम गर्न नसकेको गुनासो सांसदहरुको छ। संसद सचिवालका प्रवक्ता एकराम गिरीले अघिल्लो प्रतिनिधि सभापछि निष्क्रिय भएका विधेयकहरुलाई पुनःदर्ता गर्नेगरी सरकारले कुनैपनि विधेयक नल्याएको जानकारी दिए।अघिल्लो प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय भएका २७वटा विधेयकमध्ये एउटा मात्र सरकारले दर्ता गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्