कर्मचारी सरुवाको बेथिति न्युनीकरण गर्न नीतिगत व्यवस्था गरिँदै, मन्त्री भन्छन्– सरुवामा अब भनसुन चल्दैन
मोरङ, ९ फागुन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन्।विराटनगरमा मंगलबार आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।कर्मचारी सरुवाको बेथिति न्युनीकरणका लागि नीतिगत व्यवस्था गर्ने बताउँदै उनले भने,‘सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने जुन प्रवृत्ति छ,त्यसको अन्त्यका लागि केही नीतिगत व्यवस्था गर्छौ,सरुवामा अब भनसुन चल्दैन।’
प्रतिक्रिया दिनुहोस्