पुटिनले लगाए पश्चिमी राष्ट्र र युक्रेनमाथि युद्ध भड्काएको आरोप, भने– उनीहरुले युद्ध सुरु गरे, हामीले रोक्नलाई बल प्रयोग गर्यौं मस्को, ९ फागुन। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी राष्ट्र र युक्रेनले युद्ध भड्काएको आरोप लगाएका छन्। युक्रेनमाथि सैन्य आक्रमण गरेको एक वर्ष पुग्न लागेको अवसरमा मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले भने, ‘उनीहरुले युद्ध सुरु गरे र हामीले यसलाई रोक्न बल प्रयोग गर्यौं।’ युक्रेनमाथिको आक्रमणलाई उनले ‘विशेष सैन्य अप्रेसन’ बताएका छन्। फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एकवर्ष पुग्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्