नेपालको लगातार चौंथो जित, रोहित पौडेल चम्किँदा स्कटल्याण्डमाथि दुई विकेटको जित काठमाडौं, ९ फागुन। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको आज भएको खेलमा नेपालले स्कटल्याण्डमाथि दुई विकेटको जित निकालेको छ। यो नेपालको लगातार चौंथो जित हो। कीर्तिपुरको त्रिवि किक्रेट मैदानमा भएको खेलमा पहिला व्याटिङ गर्दै स्कटल्याण्डले नेपाललाई २१३रनको लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित ५०ओभरको खेलमा नेपालले उक्त लक्ष्य ४४.१ ओभरमा पुरा गरेको थियो। नेपालको लागि कप्तान रोहित पौडेलले अविजित ९५रनको योगदान दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्