पाँच हजार ६७७ उद्योगमा चार खर्ब ३७ अर्बभन्दा बढी विदेशी लगानी स्वीकृत
काठमाडौं, १० फागुन। उद्योग विभागले हालसम्म ५ हजार ६७७ उद्योगमा ४ खर्ब ३७ अर्ब ९० करोड ४ लाख ९३ हजार ७०४ रुपैयाँ विदेशी लगानी स्वीकृत गरेको छ। विभागका अनुसार विदेशी लगानी स्वीकृत भएका उद्योगमध्ये सेवामूलक क्षेत्रसँग सम्बन्धित १हजार ८८७, पूर्वाधार सम्बन्धी ८४, सूचना प्रविधिमूलक १२७, उत्पादनमूलक १हजार २२७, उर्जामूलक ९१, कृषिमूलक २९५, पर्यटनमूलक १हजार ८७० र खनिजमूलक ७२वटा रहेका छन्।
प्रतिक्रिया दिनुहोस्