प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता, राष्ट्रपतिको साझा उम्मेदवार तय गर्ने विषयमा छलफल काठमाडौं, १० फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भेटवार्ता बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो। दुई नेताबीच राष्ट्रपतिको साझा उम्मेदवार तय गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५गते हुँदैछ। पूर्वसहमति विपरित नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार चयन गर्ने बताएपछि अहिले माओवादी र एमालेबीच दूरी बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्