राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा चिनियाँ राजदूतको सक्रियता बढ्यो काठमाडौं, १० फागुन। राष्ट्रपतिको निर्वाचन मिति नजिकिदै गर्दा नेपालका लागि चिनियाँ राजदूत चेन सङको सक्रियता बढेको छ। गत शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका उनले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो। भेटमा राजदूतले प्रधानमन्त्री दाहाललाई बोआओ फोरमको निम्ती निम्तो दिएका छन्।बोआओ सम्मेलन चैत १४–१७ गतेसम्म चीनको हाइनान प्रान्तको छियोङहाइ सहरमा हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्