एयर इण्डियाको अमेरिकाबाट दिल्ली उडेको जहाज स्वीडेनमा आपत्कालीन अवतरण स्टकहोम, १० फागुन। अमेरिकाको न्युजर्सीबाट ३०० जना यात्री लिएर दिल्लीतर्फ आउँदै गरेको एयर इण्डियाको ‘एआई–१०६’ जहाजले स्वीडेनको राजधानी स्टकहोममा आपत्कालीन अवतरण गरेको छ। समाचार एजेन्सी पीटीआइका अनुसार विमानको इन्जिनबाट तेल लिक भएपछि स्टकहोममा आपत्कालीन अवतरण गरिएको थियो। आपत्कालीन अवतरण गर्दा स्टकहोम विमानस्थलमा ठूलो संख्यामा दमकल तथा एम्बलेन्स तयारी अवस्थामा राखिएको थियो। विमान सुरक्षित अवतरण भएको जनाइएको छ। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्