अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीले हप्तामा ४८ घण्टा काम गर्न पाउने काठमाडौं, १० फागुन। अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीहरुले अब हप्तामा ४८ घण्टा काम गर्न पाउने भएका छन्। अष्ट्रेलियन सरकारले विद्यार्थीहरुलाई शैक्षिकरुपमा मात्र नभइ आर्थिकरुपमा पनि सक्षम बनाउने उदेश्यले हप्तामा २०घण्टा मात्र काम गर्न पाउने नियमलाई परिमार्जन गरेको हो। यो नियम जुलाई १देखि लागू हुने बताइएको छ। नयाँ नियमले अष्ट्रेलियामा रहेका नेपाली र अन्य अन्तर्राष्ट्रिय विद्यार्थीलाई आर्थिक राहत मिल्ने विश्वास गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्