यु–१९ एसिया कप छनोट प्रतियोगिताः नेपालको बलिङ पक्ष सवल काठमाडौं, १० फागुन। नेपाल यु–१९ पुरुष क्रिकेट टोलीका कप्तान देव खनालले युएईमा आयोजना हुने विश्वकप एशिया छनोट प्रतियोगितामा छनोट भएर स्वदेश फर्किने बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बुधवार आयोजना गरेको बिदाई कार्यक्रमपछि बोल्दै उनले अभ्यास राम्रो भएकोले नतिजा पनि राम्रो आउने जनाए। टोलीमा मुख्यत बलिङ पक्ष राम्रो भएको उनले बताए।प्रतियोगिताका सबै खेल फाइनल जत्तिकै महत्वपूर्ण भएको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्