सुवालले गरे सरकारका उच्च अधिकारीदेखि प्रधानमन्त्रीसम्मलाई काठमाडौं उपत्यकामा जग्गा किन्न नपाउने प्रस्ताव
काठमाडौं, १० फागुन। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरुले काठमाडौं उपत्यकामा घरजग्गा किन्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।देशको सन्तुलित विकासका लागि प्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरुले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने उनको तर्क थियो।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौं उपत्यका विकास प्राधिकरणको खारेज गर्न पनि माग गरे।
प्रतिक्रिया दिनुहोस्