एकीकृत समाजवादीलाई राष्ट्रपतिको प्रस्ताव आएको छैनः झलनाथ खनाल काठमाडौं, १० फागुन। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताएका छन्। पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थिति र भेटघाटको सन्दर्भमा जानकारी गराएको जनाए। राष्ट्रपति निर्वाचन देशका लागि महत्वपूर्ण एजेण्डा भएको उल्लेख गर्दै आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्