सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब २५ अर्बभन्दा बढी
काठमाडौं, १० फागुन। चालु आर्थिक वर्ष २०७९÷८०को सात महिना(साउन–माघ)मा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड ३९ लाख ९ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष व्यापार घाटा १८.७१ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष २०७८÷७९को सात महिनामा नेपालको व्यापार घाटा १०खर्ब १५अर्ब ८०करोड ८४लाख २५हजार रुपैयाँ रहेको थियो।
प्रतिक्रिया दिनुहोस्