नेप्से ३३.५७ अंकले वृद्धि, १ अर्ब ८० करोडभन्दा बढीको कारोबार
काठमाडौं, १० फागुन। मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा पश्चात निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचकमा सुधार देखिएको छ। पछिल्लो पाँच दिनको कारोबारमा १३५.८२ अंकले घटेको नेप्से परिसूचक बुधवारको कारोबारमा ३३.५७ अंकले बढेर २०८०.३८ बिन्दुमा पुगेको छ। बुधवार कारोबारमा आएका २६९ कम्पनीको ४७ लाख ७९ हजार कित्ता शेयर १ अर्ब ८० करोड ३२ लाख ८२ हजार रुपैयाँमा खरिदबिक्री भएको छ।
प्रतिक्रिया दिनुहोस्