चिनियाँ राजदूतले एकैदिन भेटे नेकपा एसका अध्यक्ष नेपाल र प्रधानमन्त्री दाहाललाई
काठमाडौं, १० फागुन। नेपालका लागि चिनियाँ राजदूत चेन सङले नेकपा एस(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेट गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग राष्ट्रपतिमा नेपालको नाम प्रस्ताव गरेपछि राजदूत र नेपालबीच भेटवार्ता भएको हो।राजदूत सङले बुधबार विहान दाहालसँग भेट गरेका थिए।त्यसपछि बुधबार विहान नै दाहाल र ओलीबीच पनि भेटवार्ता भएको थियो।
प्रतिक्रिया दिनुहोस्