जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस भनेर मनाउनु दुःखदः अध्यक्ष ओली
काठमाडौं, ११ फागुन। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा सरकारले मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। फागुन १ गते जनयुद्ध नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउनुलाई उनले दुःखद बताए।‘त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरी त्यसको महिमामण्डन गर्न प¥यो? त्यो मैले पनि बुझेको छैन,’ बिहीबार आफ्नै निवासमा आयोजित कार्यक्रममा उनले भने।
प्रतिक्रिया दिनुहोस्