प्रधानमन्त्री दाहाल र नेपालबीच भेटवार्ता, दाहालले भने– पुरानो गठबन्धन ब्युँताउने विषय फाईनल भएको छैन
काठमाडौं, ११ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा(एकीकृत)समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। बिहीबार दिउँसो भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित भएर छलफल गरेका थिए। सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको छलफल निष्कर्षमा नपुगेको प्रधानमन्त्री दाहालले बताए। प्रधानमन्त्री दाहालले भने,‘पुरानो गठबन्धन ब्युँताउने विषयमा केही पनि फाईनल भएको छैन।’
प्रतिक्रिया दिनुहोस्