राष्ट्रपतिबारे भोलीसम्ममा टुंगो लाग्छः अध्यक्ष माधवकुमार नेपाल
काठमाडौं, ११ फागुन। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भईरहेको र भोलीसम्ममा टुंगोमा पुगिने बताएका छन्। प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार दिउँसो भेटवार्ता गरेपछि उनले आफूहरु देशको हित हुने विकल्पमा जाने जनाए। ‘यहाँ कसले पाउने, कुन व्यक्तिले पाउने, कुन पार्टीले पाउने भन्नुभन्दा पनि कसरी देशको समस्यालाई हामीले सम्बोधन गर्ने भन्ने हो,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्