नेपालको आयात १९.९० प्रतिशत र निर्यात २९.०३ प्रतशितले घट्यो
काठमाडौं, ११ फागुन। चालु आर्थिक वर्ष २०७९/८०को सात महिना(साउन–माघ)मा नेपालको आयात १९.९० प्रतिशत र निर्यात २९.०३ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले ९ खर्ब १९ अर्ब रुपैयाँको आयात र ९३ अर्ब ४३ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ११खर्ब ४७अर्ब रुपैयाँको वस्तु आयात र १खर्ब ३१अर्ब ६५करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो।
प्रतिक्रिया दिनुहोस्