सात महिनामा नेपालले आयात गर्यो १ खर्ब ५६ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्याँस काठमाडौं, ११ फागुन। नेपालले चालु आर्थिक वर्ष २०७९/८०को सात महिना(साउन–माघ)मा १ खर्ब ५६ अर्ब ६९ करोड २६ लाख ६५ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्याँस भारतबाट आयात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा ८४ अर्ब ६१करोड ६४लाख १७हजार रुपैयाँको डिजेल, ३८अर्ब ७३करोड ३३लाख १६हजार रुपैयाँको पेट्रोल र ३३अर्ब ३४करोड २९लाख ३२हजार रुपैयाँको एलपी ग्याँस नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्