त्रिकोणात्मक सिरिज विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही २ लाख दिने काठमाडौं, ११ फागुन। सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने भएको छ। बिहीवार बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेसँगै प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन्। हालै सम्पन्न नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्