रुस र युक्रेनबीचको युद्ध रोक्न एक जना नेपाली युवाले लेखे विभिन्न देशका सरकार प्रमुखलाई पत्र काठमाडौं, ११ फागुन। हाल पोर्चुगलमा रोजगारी गर्दै आएका पर्वत कुश्मा नगरपालिका–२ का केशवप्रसाद बास्तोलले शक्ति राष्ट्रका सरकार प्रमुखलाई पत्र लेखि रुस र युक्रेनबीच जारी युद्ध अन्त गर्न आग्रह गरेका छन्। उनले काठमाडौंमा रहेका ती देशका दूतावास मार्फत पत्र पठाई युद्ध रोक्न आग्रह गरेका हुन्। अमेरिका,क्यानडा, ब्राजिल,जापान, रुस, बेलायत,युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई पत्र पठाई युद्ध रोक्न अनुरोध गरेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्