नेप्से परिसूचक ५७.७४ अंकले गिरावट काठमाडौं, ११ फागुन। बिहीबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ।बुधवार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीवार ५७.७४ अंकले गिरावट आएको हो। राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई १५प्रतिशतभन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५०प्रतिशत जगेडामा राख्नुपर्ने र १५प्रतिशत सिएसआर र ३५प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ। बिहीवार ४०भन्दा बढी लघुवित्त कम्पनीहरुको शेयर नकारात्मक सर्किट लागेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्